सरकार अभिभावक बन्नेछ: मन्त्री अर्याल

सरकार अभिभावक बन्नेछ: मन्त्री अर्याल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वालिङ, १६ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई अभिभावकविहीन भएको महसुश हुन नदिने बताउनुभएको छ । स्याङ्जाको वालिङ­१४ तमादीमा आज आयोजित श्रद्धाञ्जलिसभामा मन्त्री अर्यालले पहिराले पुरिएर नौ जनाको ज्यान गएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई कहिल्यै पनि अभिभावकको कमी भएको महसुश हुन नदिने बताउनुभएको हो ।

मन्त्री अर्यालले भन्नुभयो, “परिवार गुमाउनुको पीडालाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्नुपर्छ । भोलि रुने दिन आउन दिंदैनौँ सरकार यहाँहरुको साथमा छ ।” पहिला घर भएको ठाउँमा अब बस्न नहुने भएकाले घर बनाउनका लागि सरकारले सहयोग गर्ने मन्त्री अर्यालले बताउनुभयो । असोज ८ गते बिहान माया नेपालीको घर माथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरसमेत भत्किएपछि बाँकी बचेका परिवारका सदस्यले विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् । रासस