चितवनको माडीमा करेन्ट लागेर आज एक जनाको मृत्यु

चितवनको माडीमा करेन्ट लागेर आज एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर,१८ असोज । चितवनको माडीमा वन्यजन्तु धपाउन बिछ््याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार वसन्तपुरस्थित खेतमा गैँडा धपाउन बिछ्याइएको बिजुलीको नाङ्गो तारको करेन्ट महतोलाई हिँडिरहेका अवस्थामा लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ । रासस