काठमाडौं ,१८ असोज। नेपाली कांग्रेसका सात जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ।
केन्द्रीय समिति बैठक असोज २४ गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पार्टीका केन्द्रीय सदस्यहरु र अन्य केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । असोज २४ गते २ बजे केन्द्रीय समिति बैठक बोलाइएको शर्माले बताए ।
गत असोज १५ गते केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यसहित २५० जनाको पिसिआर परीक्षणका स्वाब दिएको थियो। त्यसमध्ये केन्द्रीय सदस्यसहितका नेताहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
प्रतिक्रिया