कोभिड प्रभावित अतिविपन्न परिवारलाई सहयोग

कोभिड प्रभावित अतिविपन्न परिवारलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १८ असोज । नेपालसँगको साझेदारी तथा गिभ टु एशियाको आर्थिक सहयोगमा बाँकेका कोभिड–१९ बाट प्रभावित अतिविपन्न परिवारलाई रु ३२ लाख बराबरको सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

कोभिड–१९ प्रतिकार्य र पुनःस्थापना परियोजनाअन्तर्गत बैजनाथ गाउँपालिका–१ चिसापानीमा सो सहयोग सामग्री सरोकारवालालाई हस्तान्तरण गरिएको हो । गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ का १२८ अतिविपन्न परिवारको आयआर्जन बढाउने उद्देश्यले सहयोग गरिएको परियोजना अधिकृत अनुप वर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार १०३ घरपरिवारलाई बाख्रापालन, दुई परिवारलाई कुखुरापालन र १० घरपरिवारलाई खुद्रा तथा किराना पसल, कटाइसिलाइ, बङ्गुरपालन, मार्बल फिटिङलगायत आयआर्जन व्यवसायका लागि प्रतिपरिवार रु २५ हजार रकम बराबरको सहयोग गरिएको छ । रासस