सुनिहाङ्मा मृत्यु प्रकरण: अदालतको आदेश पछि ससुरा, दिदिहरु र भाईसहित चारै जना जेलमुक्त, सडकमा देखियो अबिरजात्रा (भिडियोसहित)

सुनिहाङ्मा मृत्यु प्रकरण: अदालतको आदेश पछि ससुरा, दिदिहरु र भाईसहित चारै जना जेलमुक्त, सडकमा देखियो अबिरजात्रा (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिंगापुरे लाहुरे आइत माबोसँग विवाह गरेको ३ महिनामै गत भदौ २२ गते बिहान धरान ११ की सुनिहाङ्मा लिम्बुको रहस्यमय मृत्यु भएपछि माइती पक्षले दिएको जाहेरीको आधारमा पक्राउ परेका उनका ६१ बर्षीय ससुरा भीम माबो, आमाजू २८ वर्षीया सन्जु माबो, २५ वर्षीया विमला माबो र हेमकुमार माबो धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।

माइती पक्षले ह त्या आशंकामा जाहेरी दिएपनि चारै जनामाथि आ त्मह त्या दुरुत्साहन मुद्दाको अभियोग दर्ता भएको थियो । त्यस लगत्तै प्रहरीले उनीहरुलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो । घटनाको करिब एक महिना पछि जिल्ला अदालत सुनसरीमा थुनछेक बहस सकिएपछि आज ५ नम्बर इजालशका न्यायाधिश प्रकाश श्रेष्ठको आदेश अनुसार जनही एक लाख ५० हजार धरौटी बुझाएर उनीहरु तारेखमा रिहा भएका हुन् ।

परिवारका अनुसार सुनिहाङ्माले घरको पंखामा झु ण्डीएर आ त्मह त्या गरेको देखेपछि उनको देवर र छिमेकी एक युवतीले ज्यान बचाउने उद्देश्यले पाशोबाट झिके पनि मृत्यु भइसकेकोले अस्पताल नलगी खाटमा राखिएको बताएका थिए । तर माइती पक्षले उनीहरुको भनाईमा शंका लागेपछि जाहेरी दिएका थिए ।

घटनाको अनुसन्धान गर्ने क्रममा गरिएको पोष्टमार्टम र भिसेरा रिपोर्टले मृत्युको कारण झु ण्डिएर नै भएको पुष्टि गरेको थियो । त्यसपछि आ त्मह त्या दु रुत्साहनमा मुद्दा दर्ता भएको थियो ।

धरौतीमा चारै जना रिहा भएपछि आफन्तजनले उनीहरुलाई भव्य स्वागत गरेका थिए । उनीहरु रिहा हुने क्रममा सडकमा धेरै स्थानीयहरुको भिडभाड पनि बढेको थियो ।