पूर्वबक्सिङ खेलाडी शर्मालाई उपचार सहयोग

पूर्वबक्सिङ खेलाडी शर्मालाई उपचार सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल बक्सिङ सङ्घले पूर्वबक्सिङ खेलाडी ओमप्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि आज आर्थिक सहयोग प्रदान गरेको छ ।

बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले शर्मालाई रु ७५ हजार १०५ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गर्नुभयो । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिनुभएको छ । पाँच पटकका राष्ट्रिय च्याम्पियन शर्माले विसं २०३३ देखि बक्सिङ खेल्न शुरु गर्नुभएको थियो ।

उहाँले भारतको मुम्बईमा भएको एशियन च्याम्पियनसिपलगायत विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउनुभएको थियो । अध्यक्ष अवालेले शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मर्कामा परेका खेलाडीलाई अगामी दिनमा पनि सहयोग गर्न सङ्घले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।