लमजुङको बेँसीशहर नगरपालिका ८ मा करदाता सेवा कार्यालय स्थापना

लमजुङको बेँसीशहर नगरपालिका ८ मा करदाता सेवा कार्यालय स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २२ असोज । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको बेँसीशहर नगरपालिका ८ मा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । लमजुङ र मनाङलाई मध्यनजर गर्दै सो कार्यालय स्थापना गरिएको हो ।

बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल र दमौलीस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख करअधिकृत सूर्यप्रसाद सेढाइले आज संयुक्तरूपमा सेवाग्राही दूधपोखरी गाउँपालिका–२ बिचौरका अनिल दवाडीलाई प्यानकार्ड प्रदानगरी बाट सेवा सञ्चालनमा ल्याउनुभयो ।

नगर प्रमुख अर्यालले करदाता सेवा कार्यालय स्थापना हुनु खुसीको कुरा भएको र कर्मचारीले नागरिकको सेवामा समर्पित भएर सेवा दिनुपर्ने बताउनुभयो । यसअघि दमौली र पोखरा गएर लाइनमा बस्दै कर तिरेर आउनुपथ्र्यो, अबदेखि यही सेवा शुरु भएकाले समस्याबाट मुक्त भइएको उहाँको भनाइ थियो ।
प्रमुख करअधिकृत सेढाइँले लमजुङ र मनाङका नागरिकले कर तिर्न लागि धेरै समस्या भोग्नुपरेको गुनासो आएकाले बेँसीशहरमा पनि सो कार्यालय स्थापना गरिएको बताउनुभयो । बेँसीशहरमै सञ्चालनमा आएको यस सेवाले दुई जिल्लाका सेवाग्राही लाभान्वित हुने भएका छन् ।

बेँसीशहर–२ बोहोराबँेसीका बीरबहादुर बोहराले जिल्लामै सेवा उपलब्ध हुँदा साच्चै संघीयता आएको अनुभव भएको बताउनुभयो । यस कार्यालयबाट करदाताले कर तिर्न, स्थायी लेखा नम्बर लिन, अन्तशुल्कको इजाजत पत्र लिन, करचुक्ता प्रमाणपत्र लिन सक्नेलगायतका सेवा पाउने कर अधिकृत सुशिल लम्सालले बताउनुभयो । लमजुङ र मनाङका गरीे ८ हजार ८८७ करदातालाई सेवा दिन सहज हुने उहाँको भनाइ थियो । लमजुङमा ८ हजार २९० र मनाङमा ५९७ करदाता छन् । रासस