कांग्रेस भक्तपुर सभापति थापालाई पितृशोक

कांग्रेस भक्तपुर सभापति थापालाई पितृशोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २३ असोज । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ । मध्यपुर अस्पतालमा उपचारका क्रममा सभापति थापाका पिता डा रामबहादुर थापाको आज ७९ वर्षका उमेरमा निधन भएको हो ।

कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलका अनुसार मूत्रनलीको अर्बुदरोगको समस्यामा रहनुभएका डा थापा केही दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रोस्टेट गन्थ्रीको शल्यक्रियापछि घरमा आराम गरे पनि स्वास्थ्यमा जटिल समस्या आएपछि आज बिहान उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।

मध्यपुर अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भएको कांग्रेसका नेता एवं मध्यपुर अस्पताल व्यव्स्थापन समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो । एक पुत्री र तीन पुत्र रहेका थापाका ज्येष्ठ पुत्र दुर्लभ काँग्रेस जिल्ला सभापति, माहिला पुत्र दर्दम व्यवसायी र कान्छा पुत्र प्रकाश नासा कलेजमा अध्यक्ष हुनुहन्छ । रासस