बिनासकारी भूकम्पले घर लडेपछि पुनः निर्माणमा छुटेको गाउँ

बिनासकारी भूकम्पले घर लडेपछि पुनः निर्माणमा छुटेको गाउँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २५ असोज । बिनासकारी भूकम्पले घर लडेपछि छिमेकी गाउँका सबैजसोले लाभग्राहीको सूचिमा परेर सरकारी अनुदान पाए तर गजुरी गाउँपालिका वडा नम्बर ५ राई गाउँका केही घरबाहेक अधिकांश लाग्राहीको सूचिमा दर्ता हुन पाएनन् ।

गाउँभरीका १६३ घरमध्ये ४९ घरपरिवार अझैसम्म पनि लाभग्रहीमा पर्न नसकेकाले सरकारले दिने राहत पाउन नसकेको वडा सदस्य मङ्गल राइले बताउनुभयो ।

जब भूकम्पले घर भत्कायो तब सबै मानिसको घरमा बस्न नहुने अवस्था आयो । सरकारले निजी आवास पुनःनिर्माणको काम थालेपछि गाउँमा आएका इन्जिनियरले सबैको घरको अनुगमन गरे तर केही मानिसका लागि मात्र अनुदान पाउनेमा राखेकाले आफूहरू समस्यामा परेको पीडितहरूको गुनासो छ ।
धेरै पटकको जनप्रतिनिधिहरूको पहल र गाउँबासीको माग पछि केहीमात्र भूकम्प पीडितहरूको घर बनाउन लाभग्राही सूचिमा नाम पारेपनि अझै धेरै मानिस छुटेको चनमती राईले बताउनुभएयो ।

शहरबाट आएका इन्जिनियरहरूलाई आफूले खाना खुवाएर गाउँ घुमाएकामा आफ्नै घर पनि नपरेको र केही समयअघि पुनःनिर्माण प्राधिकरणमा निवेदन दिनुपरेको उहाँको गुनासो थियो । गाउँबासीको धेरै किसिमका गुनासा छन् । नाम छुटेको, निवेदन दिन जाँदा आफूहरूको कुरा नसुनेको र निवेदन नै नलिएकोजस्ता धेरै उनीहरूको भनाइ थियो ।

जिल्लामा पुनः निर्माणको कामले तिब्रता लिएको र केही गाउँमा मात्र धेरै लाभग्राही हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख इन्जिनियर राकेशराज मिश्रले बताउनुभयो ।

जिल्लामा ८४ हजार ७६२ घर लाभग्राहीको सूचिमा दर्ता भएपनि हालसम्म ८० हजार १९५ लाभग्रहीले मात्र पहिलो किस्ता लिएका र ६४ हजार ७३६ लाभग्रहीलेमात्र घर निर्माण गरेका छन् । रासस