हप्ता दिनदेखि बेपत्ता पत्रकार उत्तम प्रसाईँको शीघ्र खोजी गरी वास्तविक स्थिति छिटो पत्ता लगाई सार्वजनिक गर्न माग

हप्ता दिनदेखि बेपत्ता पत्रकार उत्तम प्रसाईँको शीघ्र खोजी गरी वास्तविक स्थिति छिटो पत्ता लगाई सार्वजनिक गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज । नेपाल पत्रकार महासङ्घ काठमाडौँले हप्ता दिनदेखि बेपत्ता पत्रकार उत्तम प्रसाईँको शीघ्र खोजी गरी वास्तविक स्थिति छिटो पत्ता लगाई सार्वजनिक गर्न माग गरेको छ । अध्यक्ष शन्तराम बिडारीले आज विज्ञप्ति जारी गरी सत्यतथ्य पत्ता लगाई यथाशीघ्र सार्वजनिक गर्नका लागि सबै प्रकारका संयन्त्र परिचालन गर्न आग्रह गर्नुभएको हो ।

काठमाडौँ शाखाका सदस्य तथा काठमाडौंबाट प्रकाशन हुँदै आएको युगव्यथा साप्ताहिकका संवाददात प्रसाईँ यही असोज १८ गते अपराह्न मैतीदेवीस्थित डेराबाट बेपत्ता भएको र उनको त्यसयताको स्थिति अज्ञात रहेकों शाखाले जनाएको छ ।

‘सोही दिन दिउँसो १ बजेसम्म कोठामै रहेका उनी गजुरीस्थित सिसीटिभी फुटेजमा बेग गतिका साथ आफ्नै मोटरसाइकलमा मुग्लिनतिर गएको देखिएको छ भने भोलिपल्ट मुग्लिनस्थित मुग्लिन–नारायणगढ खण्डको तीन नम्बर पुल छेउ सकुशल हालतमा हेल्मेट र चाबीसहित उनको मोटरसाइकल सडकछेउमै भेटिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै उनको पर्स, मोबाइल, चेकबुकलगायत सामग्री पनि त्यही डिलको २० मिटर तल सुरक्षित राखिएको भेटिएको छ शाखाले नेपाल प्रहरीलाई निजको मोबाइल कल ट्रयाकिङमार्फत वास्तविकता पत्ता लगाउन माग गरेको छ । रासस