बैंकिङ कसुर मु द्दामा १० दिन कैद र रु १७ लाख ज रिवाना ठहर भएपछि फरार रहेका प क्राउ

बैंकिङ कसुर मु द्दामा १० दिन कैद र रु १७ लाख ज रिवाना ठहर भएपछि फरार रहेका प क्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असोज । प्रहरीले बैंकिङ कसुर मु द्दामा फरार व्यक्तिलाई प क्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मु द्दामा उच्च अदालत पाटनको २०७५ असारको फैसलाअनुसार १० दिन कैद र रु १७ लाख ज रिवाना ठहर भएपछि फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार चितवनबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पक्राउ अकौलियाले मनोजप्रसाद साहसँग सापटी लिएको रकम तिर्नका लागि आफ्नो एनएमबी बैंकमा रहेको खातामा पर्याप्त रकम नभएको खाली चेक दिएर ठगी गरेको जानकारी दिनुभयो । उच्च अदालत पाटनले अकौलियालाई बैंकिङ कसुर तथा स जाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ व्यक्तिलाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ । रासस