जावा क्लासिक मोटरसाइकल नेपालमा आधिकारिक रुपमा सार्बजनिक, बुलेटलाई सिधा टक्कर (यस्तो छ मुल्य)

जावा क्लासिक मोटरसाइकल नेपालमा आधिकारिक रुपमा सार्बजनिक, बुलेटलाई सिधा टक्कर (यस्तो छ मुल्य)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्लासिक मोटरसाइकल जावा नेपाली बजारमा आधिकारिक रुपमा सार्बजनिक गरिएको छ । नेपालका लागि आधिकारिक विक्रेता अग्नी ग्रुपले आज मंगलबार साँझ अनलाइन कार्यक्रम आयोजना गरेर जावा मोटरसाइकल सार्बजनिक गरेको हो ।

नेपालमा बिक्रि वितरण भइरहेको रोयलइनफिल्ड क्लासिक मोटरसाइकललाई सिधा टक्कर दिने जावा क्लासिक र जावा ४२ नेपालमा सार्वजनिक गरेको हो । चेक रिपब्लिकको आइकोनिक ब्राण्ड जावा भारतीय अटो जाइन्ट आनन्द महिन्द्राले खरिद गरेसँगै यसको उत्पादन भारतमा सुरु भएको हो ।

भारतीय बजारमा निकै पहिले नै विक्री वितरण सुरु भएको जावाले बल्ल नेपाली बजारमा पनि पाइला टेकेको हो । रोयल इनफिल्ड भन्दा निक्कै एडभान्स मानिएको जावाको मोटरसाइकलमा ९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । साथै यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । जावाको इन्जिन डीओएचसी इन्जिन हो । जावामा डबल एक्जस्ट पनि निक्कै आकर्षक रहेको छ ।

आज लन्च गरिएको जावा ग्राहकहरुले भोलिबाट नै जावाका मोटरसाइकल खरिद गर्न सक्ने छन् । कम्पनीले जावा सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५०० र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ७६ हजार ५०० तोकेको छ । त्यसैगरि जावा ४२ को सिंगल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख २० हजार र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

रोयल इनफिल्ड क्लासिक ३५० संग सिधा टक्कर

ग्राहकले रोयल इनफिल्डको सट्टा जावा खरिद गर्ने अर्को महत्वपूर्ण कारण भनेको यसको सिट हाइट पनि हुन सक्छ । जावाको सिट हाइट मात्र ७६५ एमएम मात्र रहेको छ । जबकी रोयलइनफिल्डको सिट हाइट ८०० एमएम रहेको छ । त्यसैले होचो कद भएका धेरै ग्राहकले रोयल इनफिल्ड किन्न सकिरहेका छैनन् । रोयल इनफिल्डको सिट हाइट मात्र अग्लो हैन तौल पनि धेरै रहेको छ । रोयल इनफिल्डको कुल तौल १९५ किलोग्राम रहेको छ । तर प्रतिष्पर्धी जावाको तौल मात्र १७२ किलोग्राम रहेको छ । यि दुई मोटरसाइकलको तौल २३ किलोग्राम फरक छ । यी कारणहरुले गर्दा ग्राहकले रोयल इनफिल्डको सट्टा जावा रोज्न सक्नेछन ।

रोयल फिन्फिल्डमा एयर कुल्ड इन्जिन रहेको छ भने जावामा लिक्विड कुल इन्जिन रहेको छ । जुन आधुनिक प्रविधी हो । त्यस्तै रोयल इनफिल्डको तुलनामा जावाको पावर धेरै हुदा पावर धेरै चाहिने ग्राहकले जावा रोज्न सक्नेछन ।