नेकपा सांसद पहाडीको काठमाडौंँ मेडिकल कलेजमा निधन

नेकपा सांसद पहाडीको काठमाडौंँ मेडिकल कलेजमा निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम,२८ असोज । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंँ मेडिकल कलेजमा निधन हो ।

दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उहाँको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६÷०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी हुनुभएको थियो । ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाउनुभएका पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी हुनुहुन्थ्यो ।

उहाँको असामयिक निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत पहाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । रासस