खोलाको डिलमा गाडिएको अवस्थमा महिलाको शव फेला

खोलाको डिलमा गाडिएको अवस्थमा महिलाको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २८ असोज । शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा(गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ ।

मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको वडा सदस्य लालाबहादुर महराले बताउनुभयो ।

महिलासँगै माछा मार्न गएका उनका देवर अन्दाजी वर्ष २६ का मानसिंह खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरीको टोलीले घटनास्थललाई सिल गरी अनुसन्धानको गरिरहेको छ । मृतक महिलाका श्रीमान् प्रकाश खुना महेन्द्रनगर बजारमा काम गर्दै आएका छन् । रासस