कोभिड १९ को विषम स्थितिमा पनि प्रज्ञाको ‘दर्शनावली’ नियमित

कोभिड १९ को विषम स्थितिमा पनि प्रज्ञाको ‘दर्शनावली’ नियमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असोज । कोभिड १९ को विषम स्थितिमा पनि नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्रसम्बन्धी एकमात्र वार्षिक प्रकाशन ‘दर्शनावली’को सातौँ अङ्क प्रकाशित भएको छ ।

दर्शनशास्त्र विभागका प्रमुख प्राध्यापक जगत् उपाध्याय ‘प्रेक्षित’ र विभागका पूर्व प्रमुख विष्णु प्रभातको सम्पादनमा वार्षिक रूपमा प्रकाशन हुँदै आएको ‘दर्शनावली’ दर्शनशास्त्रको अध्ययन र अनुसन्धान गर्न चाहने पाठकका लागि महत्वपूर्ण र उपयोगी मानिएको छ । डा वेदराम भुसाल, प्रा ‘प्रेक्षित’, प्रा डा गोपीन्द्र पौडेल, प्रभात, प्रा डा देवीप्रसाद सुवेदी, नारायणप्रसाद आचार्य, रामराज रेग्मी, समीर सिंह, डा नारायण चालिसे, डा भक्त राई, शीतल गिरी, अभय शर्मा, डा रामदेव पण्डित र नेत्र आचार्यका विभिन्न दर्शनसँग सम्बन्धित विविध अनुसन्धानमूलक लेख समेटिएका छन् ।

उक्त ‘दर्शनावली’ कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरणमा मुलुकका सातै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुने बताइएको छ । रासस