दिसाजन्य फोहर व्यवस्थापनका लागि डिपिआर तयार

दिसाजन्य फोहर व्यवस्थापनका लागि डिपिआर तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमही, २८ असोज । लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० बनाएको छ । नेपाल नगरपालिका सङ्घको सहकार्यमा शुरु गरिएको सो परियोजनाअन्तर्गत डिपिआर बनाइएको परियोजनाका स्रोत व्यक्ति गायत्रीकुमारी थापाले जानकारी दिनुभयो । सो डिपिआरबारे नगरपालिकाका प्राविधिकलाई जानकारी दिएसँगै केही दिन भित्रै ठेक्का आह्वान गरिने बताइएको छ ।

परियोजना सञ्चालनका लागि नगरपालिका र संघबीच मिति २०७५ पुष १० मा सम्झौता भएको थियो । सो संघको सहकार्यमा देशभरका पाँच नगपालिकामा पनि यस प्रकारको परियोजना शुरु गरिएको छ ।संघको सहकार्यमा नगरमा परीक्षणकारूपमा शहरी सरसफाइसँग सम्बन्धीत कार्यको नमूना अघि वढाइएको छ ।

सो परियोजनाअन्तर्गत उक्त नगरपालिका–५ मा रहेको ल्याडफिल्ड साइटमा यसै वर्ष भौतिक संरचना निर्माण गरिने र यसका लागि रू दुई करोड खर्च लाग्ने स्रोत व्यक्ति थापाले बताउनुभयो । यसका लागि उक्त नगरपालिकाले चालु आर्थिक वर्षमा वजेट विनियोजन गरिसकेको छ । डिपिआर निर्माण तथा नीति निर्माणमाउक्त संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफँै गर्नुपर्ने छ । सो परियोजना शुरु भएपछि शौचालयको सेप्टी ट्याङकीबाट निस्कने फोहोर व्यवस्थापन गर्न सहज हुने भएको छ । यसबाट कम्पोष्ट मल बनाएर विक्रीसमेत गरिनाका साथै वातावरण सफा राख्नसमेत सहयोग पुग्ने नगरपालिका उपप्रमुख देवका वेल्वासेले जानकारी दिनुभयो । रासस