आज एकै दिन काठमाडौँ उपत्यकामा १७ सय ४६ जनामा कोरोना संक्रमण

आज एकै दिन काठमाडौँ उपत्यकामा १७ सय ४६ जनामा कोरोना संक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप १७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४ सय ५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना संक्रमित देखिएका हुन् ।

त्यसैगरी कोरोना भाइरस कोभिड-१९ बाट आज थप ३१ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ जना पुगेको छ । पछिल्लो २४ घन्टामा १५ हजार ४३८ जनाको पिसीआर परिक्षण गरिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १८ सय जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ८९ हजार ८४० जना रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ७२७ पुगेको छ ।