४५ बर्ष पछि मैले दशैमा नयाँ सुट पाए, जुत्ता चाहिं ६ बर्ष पुरानो हो : महाबिर पुन

४५ बर्ष पछि मैले दशैमा नयाँ सुट पाए, जुत्ता चाहिं ६ बर्ष पुरानो हो : महाबिर पुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नया सुट पाएको खुसि व्यंग्यात्मक रुपमा सामाजिक संजालमा साटेका छन ।

सधै राम्रो कपडा नलगाएको आरोप आउने गरेको तर आफ्नो जीवन शैली सरल रहेको उनि बताउछन । उनको यो सुट उनकै नाप लिएर सिलाएको भए पनि उक्त सुट आफैले खरिद गरेको वा पुरष्कार आएको उनले अहिले नखुलाउने बताएका छन ।

कोट पाइन्ट नया भए पनि उनले जुत्ता भने ६ वर्ष पुरानो नै लगाएको बताए । ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला – पुन लेख्छन । उनि धेरै औपचारिक कार्यक्रमहरुमा सहभागी भइरहने व्यक्ति भए पनि उनले आफ्नो लवाईमा भने खासै चासो राख्ने गरेका छैनन् । राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिन जादा समेत उनले साधारण चप्पल लगाएर गएपछी प्रशंसकहरुले महाबिर पुन ‘सादा जीवन उच्च बिचार’ भएका व्यक्ति हुन् भनेर गुनगान गाएका थिए ।

पुन लेख्छन : ‘धेरै साथीहरूले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो। अब कचकच गर्ने साथीहरू चुप लाग्नुहोस्,‘नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको वाचा पूरा गरें।’

उनको पुरा भनाई यस्तो छ : लौ हर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई, सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन। मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाहिं ६ बर्ष पुरानो हो । धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो । अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें । दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला। केहि महिना पछि मैले नै बताउने छु । क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता । कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला ।