लमजुङ समाज युकेद्वारा बाढीपहिरा पीडितलाई २५ लाख सहयोग

लमजुङ समाज युकेद्वारा बाढीपहिरा पीडितलाई २५ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ समाज युकेद्वारा बाढीपहिरा पीडितलाई रु २५ लाख ९० र पैसा ३० आर्थिक सहयोग गरेको छ । गत गत साउन ७ र ८ गते मस्र्याङ्दी गाउँपालिका –३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले घरबारविहीन बाढीपहिरा पीडितलाई सो समाजले आज सहयोग गरेको हो ।

समाजका प्रतिनिधि मीनजङ्ग गुरुङ र मुछेत्र गुरुङले संयुक्त रुपमा वडाध्यक्ष तथा पल्लोटारी विपद् व्यवस्थापन समितिका संयोजक प्रेमबहादुर बस्नेतलाई सो बराबरको चेक हस्तान्तरण गर्नुभयो । समाजका अध्यक्ष विश्वजङ्ग गुरुङ र राहत सङ्कलन संयोजक देवबहादुर घलेको पहलमा लमजुङ घर भई बेलायतमा बसोबास गर्दै आएका नेपालीबाट सङ्कलित रकम बाढीपहिराका लागि सहयोग गरिएको सो समितिका प्रतिनिधि मीनजङ्गले बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य जमीन्द्रमान घले, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विकलगायतले बाढीपहिरा पीडितका लागि व्यवस्थापन गर्न केही समय लाग्न सक्ने भएकाले धैर्यका साथ बस्न आग्रह गर्नुभयो । वडाध्यक्ष बस्नेतका अनुसार विभिन्न स्थानबाट सहयोग रकम आउने क्रम जारी हरेको र हालसम्म विपद् व्यवस्थापन राहत कोषमा एक करोड २३ लाख ८२ हजार ३० रुपैयाँ र पैसा ३० सहयोग प्राप्त भएको छ । त्यस्तै लत्ताकपडा, भाँडाकुडा, विभिन्न सामग्री गरी करीब रु ६० लाख बराबरको सहयोग प्राप्त भएको उहाँको भनाइ छ । स बाढीपहिराले २१ घर पूर्ण ध्वस्त बनाएको थियो भने ३२ आधा जस्तै भत्किएको र २९ उच्च जोखिममा छन् । यतिबेला उनीहरु सोही वडामा बनाइएको अस्थायी टहरामा बस्दै आएका छन् ।