काठमाडौं,३ कार्तिक । सिभिल अस्पतालले कोरोना संक्रमित बिरामी आफैंले सम्पूर्ण उपचार र खानाको खर्च बेहोर्नु पर्ने एक सूचना जारी गरेको छ ।
अस्पतालद्वारा जारी सूचनामा भनिएको छ,’ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ ।’
साथै खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने व्यहोरा जानकारी गराइन्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको बताएका थिए । सोहि निर्णयअनुसार अस्पतालले यस्तो सूचना जारी गरेको जानकारी गरेको छ ।
प्रतिक्रिया