चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह

चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तारकेश्वर, ४ कात्तिक । तारकेश्वर नगरपािलकाले नजिकिँदै गरेको चाडपर्वलाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको छ । नगरपालिकाले आज सूचना जारी गरेर दशैँँतिहार तथा छठलाई लक्ष्य गरेर चाडपर्व मनाउँदा परिवेशअनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको हो ।

नगरपालिकाले नगरवासीलाई चाडपर्व सजगता र सावधानीका साथै घरमै बसेर विगतमा जस्तो उल्लासमय रुपमा नभई महामारीका बेला अपनाउनुपर्ने सतर्कतामा ध्यान दिई मनाउन अनुरोध गरेको छ । रासस