प्रहरी ह त्याको आरोपमा सात पक्राउ

प्रहरी ह त्याको आरोपमा सात पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साँउदको ह त्याको आरोपमा प्रहरीले आज सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१० का पर्कु भन्ने रोहित राना, सोही ठाउँका राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

ती प्रहरीको गत असोज १ गते जुगेडाको दक्षिणी भागमा राति गस्ती गर्ने क्रममा धनगढी– १० स्थित मोहना नदीबाट अन्दाजी ४०० मिटर उत्तरमा सिमामा अ वैध समानहरुको तस्करी गरी रहेको समूहलाई नि यन्त्रणमा लिने क्रममा ह त्या भएको थियो ।