विपन्नलाई गाउँपालिकाकाले उपलब्ध गरायो दशैँ राहत

विपन्नलाई गाउँपालिकाकाले उपलब्ध गरायो दशैँ राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दशैँ राहत उपलब्ध गराएको छ । दशैँ तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २१० जनालाई राहत उपलब्ध गरिएको हो ।

उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दशैँका बेला राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताउनुभयो । उहाँले गाउँपालिकाले कोरोना कहरका कारणले दशैँमा भीडभाड, टीका थाप्न नजान, जहाँ छौँ त्यही दशैँ मानाउनका लागि नागरिकसँग आग्रह गरिएको जानकारी दिनुभयो । “भीडभाड गर्दा कोरोना सङ्क्रमणको दर बढ्ने ख’तरा रहेको छ”, उहाँले भन्नुभयो, “कोरोना रोकथाम र नियन्त्रणका लागि मेला, जात्रामा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौँ ।”