आँगनमै खानेपानी पुगेपछि खुशीयाली

आँगनमै खानेपानी पुगेपछि खुशीयाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लाको नवदुर्गा गाउँपालिका ४ मम्मे गाउँका घर आँगनमै खानेपानीको धारा पुगेपछि खुशीयाली छाएको छ ।

लामो समयदेखि खोनपानीको अभाव झेल्दै आएका सो गाउँका एक सय ५० परिवारले २६ वटा धारा पाएपछि करीब अढाइ घण्टा हिँडेर खानेपानी बोक्नुपर्ने बाध्यता सोलार लिफ्ट प्रविधि जडानसँगै अन्त्य भएको छ । कोराल खोला नजिक सकालय नदीबाट सोलार प्रविधि जडान गरी रु ६९लाख लागतमा करीब साढे ३ सय मिटर उचाइमा पानी चढाइएको गाउँपालिका अध्यक्ष कवीन्द्रबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीको मागअनुसार खानेपानी गाउँमा पुगेको छ, यसको दिगो व्यवस्थापन र मर्मत सम्भारका लागि उपभोक्ताले न्यूनतम् शुल्क सङ्कलन गर्न आवश्यक छ ।”

पर्शुरामधाम जोड्ने सडक बन्दै

डडेल्धुराको भित्रिमधेश जोगबुडा क्षेत्रको महाकाली किनारमा रहेको पर्शुरामधाम जोडेने सडक कालोपत्र हुन लागेको छ । पर्शुराम नगरपालिका–४ कटाल गाउँदेखि पर्शुरामधामसम्मको १० किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारको रु १० करोड बजेटमा कालोपत्रको भइरहेको पुर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । रासस