न्यायाधीश नियुक्ती प्रकरणः डेमोक्रेटका सिनेट सदस्यद्वारा मतदान बहिस्कार

न्यायाधीश नियुक्ती प्रकरणः डेमोक्रेटका सिनेट सदस्यद्वारा मतदान बहिस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, ६ कात्तिक–– अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान विपक्षी डेमोक्रेट सदस्यहरुले बहिस्कार गर्ने तयारी गरेका छन् ।

अमेरिकी अखबार दी हिलका अनुसार सिनेटमा अल्पमतका नेता चाल्र्स शुमर र समितिमा रहेका डेमोक्रेट सदस्यहरुले प्रकाशन गरेको संयुक्त वक्तव्यमा न्यायाधीश नियुक्ती प्रक्रिया शुरुदेखि नै लज्जाजनक रहेको उल्लेख छ ।

वक्तव्यमा राष्ट्रपतिको निर्वाचन हुनु १२ दिनअघि न्यायाधीश नियुक्त गर्ने प्रक्रिया र पद्धति नै गलत रहेको र यस्तो पद्धतिमा सहभागी भएर बैधानिकता दिने कार्य आफूहरुका लागि स्वीकार्य नरहेको उल्लेख छ ।

यसैबीच, डेमोक्रेट सदस्यहरुले बहिस्कार गरे पनि सोमबार ब्यारेटको मनोनयनका लागि हुने मतदानमा सहभागी हुने रिपब्लीकन पार्टीले निर्णय गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सेप्टेम्बर २६ मा एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गर्नु भएको थियो ।

ब्यारेट सर्वोच्च अदालतका दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने सर्वोच्च अदालतका पूर्व न्यायाधीश एन्टोनिन स्केलियाको क्लर्क भई काम गरेको अनुभव छ । ब्यारेट हाल संयुक्तराज्य मेरिकाको सातौं सर्किटको पुनरावेदन अदालतमा न्यायाधीश हुनुहुन्छ ।

उदारवादी भनेर चर्चित न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधन भएपछि सर्वोच्च अदालतमा रिक्त भएको स्थानमा राष्ट्रपति ट्रम्पले ब्यारेटलाई मनोनयन गर्नु भएको हो । डेमोक्र्याट पार्टीले भने चुनाव अघि मनोनयन नगर्न अनुरोध गर्दै आएको थियो । (रासस–एएनआई)