‘रअ’का प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटघाट भएको सचिवालयको पुष्टि

‘रअ’का प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटघाट भएको सचिवालयको पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार दिउसो एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीसँग गोयलले शिष्टाचार भेट भएको जानकारी दिएका हुन्।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् । प्रम ओलीलाई भेट्न रअ प्रमुख बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो’ वक्तव्यमा जानकारी भनिएको छ ।

भेटका क्रममा गोलयले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको वक्तव्यमा जानकारी दिईएको छ ।