सामाजिक सुरक्षा भत्ता लिएर वडाध्यक्ष घरघरमा

सामाजिक सुरक्षा भत्ता लिएर वडाध्यक्ष घरघरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दशैंका बेला सामाजिक सुरक्षा भत्ता लिएर मेचीनगर नगरपालिका–६ का वडाध्यक्षसहितको टोली घरघरमै आएपछि वडावासी खुशी भएका छन् ।

दशैंको मुखमाा सामाजिक सुरक्षा भत्ता नपाएपछि अधिकांश एकल महिला र वृद्धवृद्धा चिन्तित बनिरहेको अवस्थामा वडाध्यक्ष ललित तामाङ भत्ता लिएर घरमै आएपछि नागरिक खुशी भएका हुन् ।  भत्ता वितरण गर्दा भीडभाडका कारण कोभिड –१९ को संक्रमणको जोखिम उच्च हुने देखाउँदै बैंकले सामाजिक सुरक्षा भत्ता वापतको रकम बाँढ्न नमानेपछि ७३८ जनालाई घरघरमै सेवा दिइएको हो ।

“अधिकांश हुने खाने भन्दा हुँदा खाने बढी छन्”, वडाध्यक्ष तामाङले उहाँले भन्नुभयो, “कोभिड –१९ को सङ्क्रमण हुने डरले घरबाट बाहिर जान सक्ने अवस्था छैन । आम्दानीको स्रोत नभएका लागि भत्ता नै दशैं खर्च हुने ठानेर घरघर पु¥याएर हौं ।”

मेचीनगरमा रहेका नेपाल बैंकका दुई शाखामध्ये धुलाबारी शाखाका चार कर्मचारी कोभिड १९ का सङ्क्रमणपछि सात दिनअघि बन्द गरिएको छ ।  अध्यक्ष तामाङले एकल महिला १७७, ज्येष्ठ एकल महिला १३४, ज्येष्ठ नागरिक ३८६ ज्येष्ठ दलित १२ जना, दलित बालबालिका ३ जना क र ख वर्गका अपाङ १३÷ १३ जनालाई चार महिना वापतको रु. ७३ लाख ६४ हजार ७५५ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउनुभयो ।