भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत्यु

भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली १७ कात्तिक । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७९८ व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६०७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

गत २४ घण्टामा भारतमा ५३ हजार २८५ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । भारतभरी हाल पाँच लाख ६१ हजार ९०८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबभन्दा प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ १ लाख २५ हजार ६७२ जना सक्रिय संक्रमित रहेका छन् । त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ८९ हजार ७८३ जना सक्रिय संक्रमित रहेका छन् । रासस