लुम्बिनी– भैरहवा सडक खण्डमा टिपरको ठक्करबाट एक बालकको मृत्यु

लुम्बिनी– भैरहवा सडक खण्डमा टिपरको ठक्करबाट एक बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १७ कात्तिक । लुम्बिनी– भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन् । रासस