डकको बीच भाग एक्कासी भासिँदा चार घर जोखिममा

डकको बीच भाग एक्कासी भासिँदा चार घर जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलकोट, १७ कात्तिक । बागलुङ नगरपालिका–३ गुठीस्थित पुरानो वन कार्यालय नजिकै कालोपत्र सडकको बीच भाग आज एक्कासी भासिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीका अनुसार सुख्खा समयमा वर्षौ पहिले कालोपत्र गरेको सडक एक्कासी भासिएर खाल्टो बनेको छ ।

सडक भासिदा मानविय क्षति नभएपनि आसपासका घर जोखिमा परेको स्थानीय पार्वती केसी बताउनुभयो । भासिएको सडकको व्यवस्थापनका लागि पहल गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । रासस