–गोपालप्रसाद बराल
महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आङ्गनमा शोभाका लागि लगाइएको पूmलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन् ।
तिहारअघि पूmल खोज्दै बस्ती÷बस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ । “यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइन”, आफ्नै घरआङ्गनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली पूmल देखाउँँदै जिल्लाको बर्दिबास नगरपालिका–२ की गृहिणी बृन्दा अधिकारीले भन्नुभयो , “पूmल खोज्न आउनेले त बैना भनेर एकहजार पो दिएर गयो ।” बृन्दाको आङ्गन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीन हजार मोल दिने भनेर बैना समातेको उहाँको भनाइ छ ।
यसरी घर वरिपरि सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँका सर्वसाधारण गृहिणी व्यवसायिक रुपमै पूmल खेती गर्ने टुङ्गोमा पुगेका छन् । यो वर्ष तिहार शुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको पूmल किन्न ग्राहक र व्यापारीको घुइँचो लागेपछि अब चैं पूmल खेती ब्यवसायिक रुपमै गर्ने गृहिणीको रहर जागेको हो । तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका ब्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दङ्ग छन् ।
“तिहारमा फुल्नेगरि जति खेती गरेपनि हुने रे’छ”, बर्दिबास–५ की गृहिणी पूmलमायाँ व्लोनले भन्नुभयो, “यो आङगनको डिलमा ४०÷५० बोट सयपत्रीका होलान्, मलाई त एकजना व्यापारीले रु चार हजार दिन्छु भनेर बैना दिएर गा’छन् ।” आयआर्जनका लागि नभइ शोभाका लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब चैं तिहार लक्षित पूmलखेती गर्ने टुङ्गोमा पुगेको पूmलमाँयाको भनाइ छ ।
घर करेसा वरिपरि शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका पूmलले घरै बसीबसी रु दुई÷चार हजार आम्दानी बनाइ दिएको घरायसी काममै ब्यस्त रहने गृहिणी महिलाले बताएका छन् । तिहारकै लागि पूmल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०÷३५ जति बोटका सयपत्री पूmलको रु तीन हजार दिन्छु भनेका जिल्लाकै भङ्गाहा–४ की गृहिणी दीपमायाँ श्रेष्ठले बताउनुभयो । करेसाकै पूmलका बोटबाट दीपमायाँले रु तीन हजार पाउने देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यवसायिक रुपमै पूmल खेती गर्ने निर्णय गरेका छन् ।
अहिले पूmल खोज्ने ग्राहकको जिल्लाका गाउँ÷नगर बस्तीमा लर्को नै लागेको छ । तिहारले गर्दा पूmल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन लिनेगरि फूल खेती गर्न आफ्नो बस्तीका कतिपय गृहिणी अग्रसर देखिएका भङ्गाहा–६ हतिसर्वाकी राजवती थारुले बताउनुभयो ।
जिल्लामा पूmलको व्यवसायिक खेती निकै विस्तार नभएपनि अब यस्को सम्भावना बढेको कृषि बिज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरी आयोजना हुने धार्मिक अनुष्ठान एंव पूजाअर्चनालाई लक्षित गरी यसको व्यवसायिक खेती शुरु गरिए जिल्लामा आयआर्जनको थप बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादव बताउनुभयो । किसानले पूmलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउ माग गरे उपलब्ध गराइने केन्द्रले जनाएको छ ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा भएपनि विगत केही वर्षयता व्यवसायिक रुपमै पूmल खेती गर्दै आएका छन् । बनौटा र पडौलका किसानले आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै लाने गरेका बताएका छन् । यी बस्तीमा उत्पादित पूmलको गुणस्तर राम्रो भएकाले व्यापारीको रोजाइमा पर्ने गरेको किसानको भनाइ छ । यहाँ उत्पादित पूmल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको किसान र कृषि बिज्ञले बताएका छन् ।
तराईमा विवाहमा दुलहा चढ्ने गाडी सजाउन पूmलका मालामा निकै खर्च गर्ने चलन बाक्लिएको छ । जिल्लाकै पूmल व्यापारीहरु भन्छन्, “विवाहका लगन बाक्लिएसँगै पूmलको माग बढ्छ, त्यस्तो बेला वरिपरि नै पूmल पु¥याउन धौ–धौ पर्छ, अरु बेला राजधानीतिर पठाइन्छ ।” विशेषगरी तिहारलगायतका पर्वमा पूmल खोज्नेहरुले मोलमोलाई नगरिकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिनेगरी फूल खेती गर्न आफ्नो बस्ती÷टोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएको भङ्गाहा–६ हतिसर्वाकी राजवती थारुको भनाइ छ ।
पछिल्लो पटक पूmलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ । पूmलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । रासस
प्रतिक्रिया