प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु

प्रधानसेनापति थापा र सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गर्नुुभयो ।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा बिहीबार सैनिक मुख्यालय जङगीअड्डामा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको सम्मान ग्रहण गर्दै । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे तीन दिने भ्रमणका लागि बुधबार यहाँ आइपुग्नु भएको हो । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उहाँ बुधबार यहाँ आइपुग्नुभएको हो ।सेनाध्यक्ष नरवणेले आजै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोप्नु भयो । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरु भएको छ ।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे बिहीबार सैनिक मुख्यालय जङगीअड्डामा । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे तीन दिने भ्रमणका लागि बुधबार यहाँ आइपुग्नु भएको हो । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस

यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नुुभएको थियो । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुुहुुने छ ।

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे बिहीबार सैनिक मुख्यालय जङगीअड्डामा । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे तीन दिने भ्रमणका लागि बुधबार यहाँ आइपुग्नु भएको हो । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुनेछ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुनुहुन्छ । रासस


भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा बिहीबार नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गर्दै । नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे तीन दिने भ्रमणका लागि बुधबार यहाँ आइपुग्नु भएको हो । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस