विद्युत् सेवा अवरुद्ध : चार दिनदेखि अन्धकार

विद्युत् सेवा अवरुद्ध : चार दिनदेखि अन्धकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकोट, २१ कात्तिक । हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् ।

साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका गरी १५० घरधुरी अनधकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिनुभयो । अवरुद्ध भएको विद्युत् सेवा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण कार्यायलमा जानकारी गराउँदा ठेकेदारले सडक चौडा गर्ने क्रममा पोल ढालेको हुनाले आफूहरुले मर्मत नगर्ने जवाफ दिएको उहाँले बताउनुभयो । ठेकेदारले पनि पोल मर्मतप्रति कुनै चासो नदिएको बताइएको छ ।