पुर्वपत्नी मिनाको मर्मस्पर्शी संदेश पछि कलाकार मनोज गजुरेलले दिए आफ्नो स्वास्थ्य अवस्थाको जानकारी

पुर्वपत्नी मिनाको मर्मस्पर्शी संदेश पछि कलाकार मनोज गजुरेलले दिए आफ्नो स्वास्थ्य अवस्थाको जानकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरस सङ्क्रमित भएका चर्चित हास्यकलाकार मनोज गजुरेललाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसीयूमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

उनलाई आइसीयुमा भर्ना गरेको समाचार पाएकी पुर्वपत्नी मिना ढकालले पनि निक्कै मर्मस्पर्शी संदेश लेख्दै उनको शिघ्रस्वास्थ्य लाभको कामना गरेकी थिइन । कतिपय मिडियाले गजुरेल गम्भीर अवस्थामा समेत लेख्न थालेपछि शुक्रबार राति अस्पतालबाटै सामाजिक संजाल मार्फत उनले आफूलाई निकै सुधार भएको र स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद दिएका छन् ।

कोरोना भाइरस संक्रमण भएका उनलाई श्वास – प्रश्वासमा समस्या देखिएपछि बुधबार शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा पुर्यााइएको थियो। अस्पतालमा एक्सरे गरेर हेर्दा उनको फोक्सोमा निमोनिया भएको देखिएको एक चिकित्सकले जानकारी दिए ।

उनलाई कात्तिक १० गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । उनले आफुलाई कोरोना संक्रमण भएको बारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए ।

यसैबीच गजु्रेलकी पूर्वपत्नी मीना ढकालले स्वास्थ्य लाभको कामना गरेकी छिन् । उनले सामाजिक सञ्जालमा मनछुने स्टाटस लेख्दै भौतिक रुपमा टाढा भएपनि आफुले मनोजलाइ धेरै माया गर्ने बताएकी छिन् । उनले मनोज आईसियुमा उपचारारत छन् भन्ने समाचारले आफुलाई वि़क्षिप्त बनाएको बताएकी छिन् ।

सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दै उनले जतिसुकै मनमुटाव भएको भएपनि सिकिस्त भएको आफुले सहन नसक्ने बताउकी छिन् ।

सामाजिक संजालमा मीनाले लेखेकी छिन् – ‘जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरीपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तीकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियु मा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवान संग प्रार्थना गर्दछु । तिम्रो जिवन संग मेरा दुइ सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन् म यो रियलाईज गरिरहेछु

मेरो प्रार्थना सुन्छन भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबुनानीको सामिप्यतामा पुग्नेछौ भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिटै हार मान्ने मान्छे होईनौ—मैले बिसौँ तिजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन।।।

तिमी र म विच जस्तासुकै ब्यबहारीक बेमेल भएपनि तिम्रो जिवन मेरोलागि महत्वपुर्ण छ(हार नमानिदेउ । छिटै रिकभर भएर घर पुगेको देख्न पाउँ ।

उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गीनी’