पूर्वसांसद वीरबहादुर लामाको निधन

पूर्वसांसद वीरबहादुर लामाको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ कात्तिक । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उहाँको आज निधन भएको मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । उहाँ विगत दुई वर्षदेखि मधुमेह र उच्चरक्तचाप रोगले गर्दा दुवै मिर्गाैला काम नलाग्ने भएपछि उपचारका लागि स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

सांसद लामा २०५६ सालको संसदीय निर्वाचनमा मकवानपुर क्षेत्र नं ३ बाट र २०६४ सालको संविधानसभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो । उहाँ २०४९ सालमा मकवानपुर जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो । तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहनुभएका लामा २०३३ सालमा नख्खु जेल विद्रोह (बे्रक) गरेर बाहिर निस्की जनसमुदायमा राजनीतिक र सामाजिक परिवर्तनका निम्ति भूमिगत रुपमा भूमिका निभाएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । रासस