नेकपा सचिवालय बैठक जारी

नेकपा सचिवालय बैठक जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शीर्ष नेताबीच उत्पन्न विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

यसअघि गत कात्तिक २८ गतेको सचिवालय बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टीको बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद झन् बढेको थियो । यसबीचमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आफ्नो तर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्किएर बैठक बस्ने नबस्ने अन्योल भएका बेला बैठक शुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीसहित सबै नेताहरु सहभागी हुनुहुन्छ । गत भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन गरेर अघि बढ्नुपर्नेमा सबै नेताहरुको जोड रहे पनि सरकार र पार्टीबीचको दूरी बढेपछि विवाद बल्झिएको हो । उक्त स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अध्यक्षसहित बाँकी कार्यकालका लागि सरकारको नेतृत्व र दाहाललाई पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी स्पष्ट गरेको थियो ।