टेम्के डॉडामा १४ करोड खर्चेर भ्यूटावर बनाउने काम त्यताका नेताकाे बकम्फुसे साेच हो, बरु … : महावीर पुन

टेम्के डॉडामा १४ करोड खर्चेर भ्यूटावर बनाउने काम त्यताका नेताकाे बकम्फुसे साेच हो, बरु … : महावीर पुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनेको कुरा सहि हो कि झुटो हो ? पुर्बतिरको टेम्के भन्ने डॉडामा प्रदेश सरकारको बजेटबाट तल फोटोमा देखाएजस्तै करिब रू १४ करोड लागतको भ्युटावर बन्ने भएको छ रे त ।

यो कुरा झुटो हो भने ठिकै छ र मलाई पनि माफ दिनु होला । तर यो समाचार सही हो भने त्यो भ्युटावर बनाउने पैसाले त्यही डाँडामा एउटा अनुसन्धान केन्द्र खोलेर त्यो भेकमा भएका प्रतिभाशाली र सृजनशील ब्यक्तिहरुलाई पालन पोषण गर्ने र उद्यमी बनाउने कामको सुरुवात गरेमा धेरै फाइदा होला ।

त्यो टेम्के डाँडामा मात्र होइन कि नेपालका अरु अरु ठाउँहरुमा पनि करोडौं रुपैयाँ खर्च गरेर भ्युटावर बनाउन तम्सिने नेताहरुले पनि यो मैले भनेको कुरा कान च्यातेर सुन्नु होला । किनभने यस्तो कुरा कुनै बकम्फुसे नेताको दिमागबाट निस्कने कुरा हो ।

मैले भनेको जस्तै काम गर्यो भने २५ बर्षभित्रमा नेपाल समृद्ध देश बन्छ । मैले यसो भन्दा कसैलाई धेरै रिस उठ्छ भने त्यही डाँडामा गएर खोल्सातिर हाम फाल्नु होला । कुरा सुन्दा ता हड्डीदेखि नै झनक्क रिस उठेर पो आयो त होउ ।

मैले गल्ति बोलेको छैन । पहिला देशलाई समृद्ध बनाउँ । अनि त्यस्ता भ्युटावरहरु भविष्यमा जति बनाए पनि बनाउनुहोला । धन्यवाद । स्राेतः महावीर पुनकाे फेसबुक