फेसबुकमा लब परेर ल्याएको श्रीमती पैसा लिएर अर्कैसंग फरार भएपछि एक बर्षिय छोरीको बिचल्ली भयो भन्दै श्रीमान रुदै आए मिडियामा (भिडियो)

फेसबुकमा लब परेर ल्याएको श्रीमती पैसा लिएर अर्कैसंग फरार भएपछि एक बर्षिय छोरीको बिचल्ली भयो भन्दै श्रीमान रुदै आए मिडियामा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । अहिलेको जमानामा सामाजिक सन्जाल जस्को प्रयोगले कसैको जिन्दगी बनेको छ भने कसैको जिन्दगी बिगारेको पनि छ यस सन्जालले । इन्टरनेट जगत भनेर चिनिएको यो सन्जाल दुनियामा फेस्बुकको महत्व पनि उतिकै छ जति पुराना जमानामा सूचना सन्चार माध्यमको हुन्थ्यो । आज हामी यहि फेस्बुकबाट सुरु भएको एउटा प्रेम र त्यसको २ बर्षपछि श्रीमतीको ब्यवहारले बनाएको परिणामबारे केही जानकारी दिदैछौ । यि हुन कान्छा मोक्तान जो काठमाडौको थानकोटमा गुफा जस्तो घरमा भाडामा बसिरहेका छन । केही दिन अघिसम्म १ बर्षिय छोरी भएका कान्छाको जिन्दगी एकदमै सहज र सरल थियो तर यिनकी धर्म पत्नी अचानक गायब या भनौ नगद ५० हजार लिएर फरार भएपछि अहिले यिनको कोठामा न त खानालाई गास छ न त ओडने ओछयाउनेनै ।

आफूलाई भन्दा बढी माया गर्ने र प्राणभन्दा प्यारो छोरी लिएर उनी गायब भएपछि सबे कुरा खुलाउदै र केही पता लगाउन सकिन्छ कि भनेर कान्छा मिडियामा आएका छन र गहभरि आखामा आ“शु राख्दै भन्छन कि मबाट ठूलो गल्ती भयो भनेर । छोरीलाई स“गै राख्न नसकेको भन्दै भक्कानिएर रुन्छन । त्यसले त रक्सी खान्छे झयाप हुन्छे जे नि गर्न सक्छे भन्दै छोरीको लागि श्रीमती र भगाउने केटा खोजिदिन आग्रह गर्दछन ।