हो म डन नै हो… : दुर्गा प्रसाईं (पुरा भिडियो)

हो म डन नै हो… : दुर्गा प्रसाईं (पुरा भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दूरदराजका गरिब, दुखी, बिपन्नकै लागि भनेर देशकै सूदुरपूर्वमा अस्पताल चलाएर मेडिकल सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको दुर्गा प्रसाई बेलाबेला विभिन्न कारणले चर्चामा रहदै आएका छन् । नेकपाका अध्यक्षद्वयलाई आफ्नै घरमा बोलाएर छलफल गराई पार्टी मजबुद गराएको प्रसाई बताउछन । उक्त दिनको मार्सी चामलको लन्च एकताका निक्कै चर्चामा आएको थियो । जुन तस्बिर प्रसाईकै ड्राइभरले सामाजिक संजालमा सार्बजनिक गरेका थिए ।

पछिल्लो समय नेत्रबिक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसंगको टेलिफोन वार्तालापको अडियो सार्बजनिक भएपछि फेरी प्रसाई चर्चामा छन । चन्दले प्रसाई मेडिकल माफिया हो भनेपछि उनले यसको खरो प्रतिकार गरेका थिए । यसै बीच उनि विभिन्न मिडियामा आएर अन्तर्वार्ता दिने क्रममा आज ग्ल्यामर गफमा प्रसाईसंग गरिएको कुराकानी हेर्नुहोस ।


०००

‘मार्सी बियर’ ल्याउदै दुर्गा प्रसाई, किने ४ अर्बमा फ्याक्ट्री

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नया ब्राण्डको बियर ल्याउने भएका छन । नेकपा एमाले र माओवादीबीच पार्टी एकताका क्रममा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई ठिमीस्थित घरमै मार्सी चामलको भात खुवाएपछि ‘मार्सी’को खुबै चर्चा भयो। सोहि नामलाईइ प्रसाईले ब्राण्ड बनाएर ‘मार्सी बियर’ बजारमा ल्याउने भएका छन ।

उनले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्बमा किनेका छन्।टाइगर ब्रुअरीले टेन्सबर्ग बियर बजारमा ल्याउँदै आएको थियो। प्रसाईंले टेन्सबर्गसँगै मार्सी बियर पनि बजारमा ल्याउन लागेका छन्। मार्सी चामल नै मिसाएर ‘मार्सी’ बियर नेपाली बजारमा ल्याउन खोज्दै छौ – प्रसाईले भने । प्रसाईका अनुसार मार्सी ब्राण्डका दुई वटा बियर मार्सी प्रिमियम र मार्सी स्ट्रोङ छिट्टै बजारमा आउने छ। हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन्। साथसाथै क्यान बियर पनि ल्याइने प्रसाईंले बताए।

७० प्रतिशत जौं र ३० प्रतिशत चामल मिसाएर बियर उत्पादन हुने गरेको छ। जौं डेनमार्कबाट आयात हुँदै आएको छ भने चामल नेपालकै प्रयोग हुने गरेको छ। अब मार्सी बियरले बिदेशी बियरलाई सिधा टक्कर दिने प्रसाईको दावी छ ।