‘यो मेशिनको शहर हो’

‘यो मेशिनको शहर हो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिण कोरियामा काम गर्दै साहित्य साधना गरिरहेका नेपाली कविका नेपाली कविता कोरियाली भाषामा अनुवाद भई पुुस्तक प्रकाशन भएको छ ।‘यो मेशिनको शहर हो’ नामक प्रकाशित काव्यमा ३५ कविका दुईदुई कविता गरी ७० कविता समाविष्ट छन् ।

कृतिमा सुरेशसिंह सम्बाहाङ्फे, सेसेफुङ सेर्मा, सुष्मा रानाहँछा, शकुन आँशु, खोम गुरुङ, बाबु बलिन्द्र, सुन्दर गाउँले, निर्गराज राई, रमेश सायन, गनिन्द्र विवश, रामकुमार राई, मधु सिङ्जाली मगर, विङ्कल चेम्जोङ, सञ्जय काउछा, दीपा मेवाहाङ राई, यल्जी विवश, वियोगी काइँलालगायतका कविता समाविष्ट छन् ।
युरेशिया कल्चरल फोरम दक्षिण कोरियाले प्रकाशन गरेको सो कृतिको सम्पादन नेपाली कवि पराजित पोमुले गर्नुभएको हो । ती कविता कोरियाली भाषामा मोहन कार्की(नेपाल) र कि जु लि(दक्षिण कोरिया)ले संयुक्तरुपमा अनुवाद गर्नुभएको हो । सङ्ग्रहमा कोरियाको औद्योगिक क्षेत्रमा उठ्ने गरेको सामाजिक समस्याका साथै अन्य विषयमा लेखिएका कविता राखिएका छन् ।

कृतिलाई रेड अवार्ड

प्रकाशनको केही दिनमै ‘यो मेशिनको शहर हो’ कृतिलाई दक्षिण कोरियाको राजधानी सउलमा रुसी बोल्सेभिक क्रान्तिको स्मृतिका अवसरमा आयोजित कार्यक्रममा ‘रेड अवार्ड’ प्रदान गरिएको छ । कोरियामा विभिन्न सामाजिक क्षेत्रमा उठ्ने गरेका समस्याका विषयमा आधारित कला, सङ्गीत, साहित्य र समाजसेवा गरी चार विधालाई छनोट गरी प्रत्येक वर्ष कोरियाको प्रगतिशील पक्षधरले पुरस्कार प्रदान गर्ने गर्छ ।