महोत्तरीमा भतिजको कु टाइबाट काकाको मृत्यु

महोत्तरीमा भतिजको कु टाइबाट काकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कु टाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कु टाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो ।

बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कु टपि ट गर्दा उनी गम्भीर घाइते भएर स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएकामा उनको गए राति मृत्यु भएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । प्रहरीले कु टपि ट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृ तक काका खेलावनको श व परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ ।