महेन्द्रनगरमा युवक मृत फेला,ह’त्या गरिएको आ’शङ्का

महेन्द्रनगरमा युवक मृत फेला,ह’त्या गरिएको आ’शङ्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमार्इं मृतावस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिनुभयो । मृतकका शरीरमा अन्य कुनै प्रकारको चो’ट नरहेको जनाइएको छ ।

कञ्चनपुर प्रहरीले दमाईंको ह’त्या गरिएको आ’शङ्कामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ । “मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए”, प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “विस्तृत अनुसन्धान हुँदैछ ।”