गैरी–बरबोट जोड्ने झोलुङ्गे पुल निर्माण

गैरी–बरबोट जोड्ने झोलुङ्गे पुल निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १२ मङ्सिर । गण्डकी प्रदेश सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा गैरी र बरबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । बेँसीशहर नगरपालिका–२ गैरी र वडा नं ११ चिती बरबोट जोड्ने मस्र्याङ्दी नदी माथि पुल बनेको हो । पूर्वाधार विकास कार्यालय सवइञ्जिनीयर दीपक देवकोटाले बाविरो लामा प्रगति जेभी काठमाडाँैले रु दुई करोड ३८ लाख ४३ हजारमा पुल निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो । सो पुल २५६ मिटर लामो र साढे एक मिटर चौडाइ रहेको छ । पुलको गत माघ ११ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभएको थियो ।

यहाँ पुल नहुँदा गैरी र बरबोटका स्थानीय आवतजावत गर्नका लागि घुमेर नगरको वडा नं १ चिप्लेटीबाट हिँड्नुपर्ने बाध्यता थियो । अहिले करिब एक घण्टा समय छोटिएको स्थानीयबासीको भनाइ छ । यस पुल निर्माणले नगरको वडा नं ११ चेपाङटारमा रहेको लोपोन्मुख चेपाङ समुदायका स्थानीयसमेत लाभान्वित हुने भएको छ । उनीहरुले समेत यहाँ पुल नहुँदा चिप्लेटीमा रहेको झोलुङ्गे पुलको प्रयोग गर्दै आएका थिए ।

विशेष गरी वडा नं ११ का स्थानीयलाई जिल्लाको मुख्य बजार बेँसीशहर बजारमा आउन सजिलो भएको वडा नं २ का वडाध्यक्ष गणेश कँडेलले जानकारी दिनुभयो । उत्पादित वस्तु गैरी हुँदै बेँसीशहर बजारसम्म लैजानका लागि धेरै सहज हुने उहाँको भनाइ छ ।
झोलुङ्गे तथा मोटरेबल पुललगायत विभिन्न क्षेत्रको विकासमा अघि बढिरहेको प्रदेश सरकारले जनाउँदै आएको छ । रासस