के चोरी मुद्दा मै आफ्नो श्रीमती पक्राउ परेकी हुन् त, सांसद दिपक मनाङे आए मिडियामा (भिडियो)

के चोरी मुद्दा मै आफ्नो श्रीमती पक्राउ परेकी हुन् त, सांसद दिपक मनाङे आए मिडियामा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङे भनिने राजिव गुरुङकी श्रीमती दिक्छेन डोल्मा लामा पक्राउ परेकी छिन । उनि चोरी मुद्दा आरोपमा पक्राउ परेकी हुन् ।

उनलाई बुधबार प्रहरीले हेटौंडाबाट पक्राउ गरेको हो । जिल्ला अदालत कास्कीले बहुमूल्य धातुको मूर्ति चोरी गरेको मुद्दामा पक्राउ पूर्जी जारी गरेकाले उनलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र प्राप्त भएकाले उनलाई पक्राउ गरि कास्की पठाइएको डीएसपी रानाले बताए । दिक्छेन हेटौंडा–१२ स्थित माइतीमा बस्दै आएकि थिइन । प्रहरीका अनुसार उनीसहित तीनजनालाई विपक्षी बनाएर कास्की जिल्ला अदालतमा बहुमुल्य धातुको मूर्ति चोरीको मुद्दा दायर भएको छ ।

यस विषयमा दिपकले पनि सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । उनि लेख्छन – ‘डेढ महिनाबाट हामि अलग थियौ बिचमा श्रीमतीले कसैको चोरी गरि बदमासी गरेको थाहा पाएपछि मैले कास्की जिल्ला प्रशासनलाई कार्बाह्ही गर्न माग गरि अहिले पक्राउ गरेको हो । म सांसद भए पनि मेरो परिवारमा जो कोहि होस् चाहे श्रीमती, छोरा छोरी दाजुभाई बदमास गरेपछि कडा भन्दा कडा कारबाही गर्नुपर्छ । त्यसैले जो कोही नेताज्यूहरुको परिवार वा ठुला ठुला कर्मचारीको परिवारहरुले बदमासी गरेपनि कडा कारबाही हुनुपर्छ भन्ने पनि माग गर्दछु ।’

यस विषयमा दिपक मनाङे मिडियामा आएर थप स्पष्ट पारेका छन् । भिडियो हेर्नुहोस ।