स्थिरता र स्थायित्व नै समृद्धिको आधार हो : प्रदेश प्रमुख शेरचन

स्थिरता र स्थायित्व नै समृद्धिको आधार हो : प्रदेश प्रमुख शेरचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्थिरता र स्थायित्वले नै देश समृद्ध बन्ने बताउनुभएको छ । जिल्लाको बेँसीशहर नगरपालिकाको बैठक कक्षमा आज आयोजना गरिएको भेटघाटमा प्रदेशप्रमुख शेरचनले स्थिरता र स्थायित्वका सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । प्रमुख शेरचनले भन्नुभयो, “समृद्ध नेपाल राष्ट्रको एजेन्डा पूरा गर्न स्थिरता र स्थायित्व अनिवार्य छ ।” संविधानले विगतभन्दा धेरै अधिकार दिएको उल्लेख गर्दै प्रमुख शेरचनले भन्नुभयो, “जनता पछाडि परेको क्षेत्रलाई माथि उठाउनु जरुरी छ । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा जोड दिनुपर्छ । नागरिक पछाडि पर्नुको कारणको खोजी गरी उनीहरुको आर्थिक अवस्था उकास्न जरुरी छ ।”

भेटघाटमा प्रतिनिधिसभाका सदस्य यशोदा सुवेदी, संविधानसभा सदस्य जमीन्द्रमान घले, प्रदेशसभा सदस्य मधु अधिकारी, प्रजिअ कृष्णप्रसाद शर्मा, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्र, राइनास नगरप्रमुख सिंहबहादुर थापा, क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घले, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङलगायत जिल्लास्थित कार्यालय प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।