तनहुँको आँबुखैरेनी छेउसिङमा एक घरमा आगलागी, साढे सात लाख क्षति

तनहुँको आँबुखैरेनी छेउसिङमा एक घरमा आगलागी, साढे सात लाख क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट एक तोला सुन, नगद रु ४० हजार र अन्नपात, लत्ताकपडा र भाडावर्तन गरी रु सात लाख ५० हजार नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।