अभिनेत्री श्वेता खड्काको विवाह सम्पन्न (फोटो फिचर)

अभिनेत्री श्वेता खड्काको विवाह सम्पन्न (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अभिनेत्री श्वेता खड्का र विजयेन्द्रसिंह रावत बीच विवाह सम्पन्न भएको छ । कोभिड-१९ महामारीका बीच आफ्ना परिवार र नजिकका आफन्त उपस्थित विवाह समारोह काठमाडौँमा आयोजना गरिएको थियो ।

२०७१ साउन २५ गते पुर्वपति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएपछि करिब ६ वर्ष पछी स्वेताले अर्को विहे गर्ने निर्णय गरेकी हुन् । पुरुष प्रधान देशमा स्वेताले गरेको आटलाई अहिलेका पुस्ताले स्वागत गरेको छ । उनलाई समाजिक संजाल मार्फत लाखौले बधाई तथा शुभकामना दिएका छन ।

विवाह समारोहको केहि तस्विरहरु हेर्नुहोस :

०००

यो पनि

श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ : श्वेता खड्का

काठमाण्डौ । नायिका श्वेता खडकाको दोश्रो बिहेको चर्चा यतिबेला सबै सञ्चारमाध्यम र सोशल मिडियामा चुलिएको छ । विबाहको विषयमा अहिलेसम्म आफ्नो जीवनमा कोही छैन, कोहीपनि होइन र बिहे गर्न भ्याउँदिन भन्दाभन्दै अन्ततः नायिका खडकाले धनगढीका विजेन्द्र सिंह रावतसंग विबाहको लगन गाँठो कस्न थालेकी हुन् ।

नायिका खडका र विजेन्द्रको विबाह आज मंसिर २२ गते हुने भएको छ । नायिका खडकाले श्रीले छाडेको ६ वर्षपछि दोश्रो बिहेको निर्णय लिएकी हुन् । उनको यो निर्णयलाई धेरैले स्वागत योग्य भएको प्रतिकृया दिनुकासाथै नयाँ बैबाहीक जीवनकोलागी अग्रीम बधाई पनि दिएका छन् ।

बिहेको अन्तिम तयारी पुर भईसकेको अवस्थामा नायिका श्वेताले आफ्नो पुर्व पति दिवंगत अभिनेता श्री कृष्ण श्रेष्ठ र उनका परिवारलाई सम्झिएकी छन् । उनले पुर्व पति श्री कृष्ण र उनका परिवारका सबै सदस्यले आफुलाई धेरै माया र सम्मान दिएको सम्झिंदै त्यो परिवारसंग कहिल्यै पनि नाता नटुट्ने पनि बताएकी छन् । उनले सामाजिक संजाल फेसबुकमा भर्खरै आफ्ना विचार राख्दै आफ्ना शुभचिन्तकलाई यसो भनेकी छन् ।

”म: जीवनको नविन यात्रामा

जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठुलाठुला पत्थर अनी आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथी छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ , पत्थरहरुलाई फुटाउनु पर्नेछ अनी आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ । “के म यसो गर्न सकुँला र ?” आँफैसंग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ” कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।” अत: मैले मृत्‍युलाई रोजिनँ, जीवनलाइनै रोजें । अनी जिन्दगीका हरेक समस्याहरुसंग जुध्दै क्रमश: अगाडि बढ्दै गएँ ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखी एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । “अब उठ्नै सक्दिन कि ” भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिंड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथी बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसंग ? मैले साथीसंगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरें । अत: मेरो हरेक दु:खमा म एक्लै रोएँ, पिंडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसंग एक्लै जुधिरहें ।

“मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुन: सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासंगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुन: फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ? लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे , अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ?” म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसंगै सुख र दु:ख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दु:खद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ “के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?”

मलाई थाहाछ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गिय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रती साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इर्ष्याको सोच राख्ने दुईचार जनाले स्वत: हार खानेछन् ।

अत: कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

उही तपाईंकी छोरी/चेली

श्वेता खड्का”

०००

‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …. ‘ लेख्दै स्वेताले सार्बजनिक गरिन लगनगाठो कस्नु अगाडीको पलहरु (फोटोफिचर)

अभिनेत्री स्वेता खड्काले आज मङ्सिर २२ गते धनगढीका विजेन्द्र सिंह रावतसंग लगनगाठो कस्दै छिन । विवाहको प्रारम्भमा हुने मेहन्दी कार्यक्रममा अभिनेत्री खड्का निक्कै खुसि देखिएकी छन ।

उक्त कार्यक्रममा खिचिएको केहि तस्विर आफ्नो सामाजिक संजालमा सार्बजनिक गर्दै स्वेताले लेखेकी छन – ‘ मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म …. । ‘ नया जीवनको लागी सबैले उनलाई शुभकामना समेत दिएका छन । पहिलो पति अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछी धेरै नै दुखि देखिएकी स्वेताको जीवनमा नया मोड आएको छ । उनको आगामी जीवनको लागि शुभकामना । तस्विरहरु हेर्नुहोस :

०००

रमेश प्रसाई र नन्दा सिंहको यसरी भयो धुमधामका साथ विवाह (भिडियो)

चर्चित पप्लिक स्पिकर रमेश प्रसाई नन्दा सिंहसँग विवाह बन्धनमा बाँधिएका छन्। रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन्।

पुर्वको रमणीय शहर धरानमा आयोजित बिवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, केही सञ्चारकर्मीहरु र केहि चर्चित व्यक्तित्वहरु पनि सहभाग थिए। उनीहरुको तीन वर्षको प्रेम सम्बन्धलाई सार्थकता दिदै रमेश र नन्दाले आज लगनगाठो कसेका हुन्।

पछिल्लो समय रमेशले गएको ‘रिंकेबुङको राँगो’ को बोलको गीत निक्कै भाइरल बनेको छ। यस अघि उनि एपीवान टेलिभिजनमा प्रसारित कार्यक्रम पब्लिक स्पिकरका विजेता पनि हुन् । त्यस्तै विभिन्न विषयमा सामाजिक संजाल मार्फत आफ्नो खरो धारणा दिदै आएका प्रसाई निक्कै चर्चित छन ।

रमेश प्रसाई र नन्दा सिंहको विवाह समारोहमा खिचिएको भिडियो तल हेर्नुहोस ।

को हुन् रमेश प्रसाईको दुलही ?

ताप्लेजुङ निवासी प्रसाईले कालिकोट डिल्लीकोटकी नन्दा सिंहसँग विहे गर्न लागेका हुन् । उमेरले २४ वर्षमा मात्रै भएकी कालीकोटकी नन्दा सिंह आफैँमा आँखा देख्दिनन् । दृष्टिविहिन उनि आफैलाई सहाराको खाचो भए पनि उनले एक दर्जन बालबालिकालाई सहारा दिदै आएकी छिन् । उनि समाजसेवी महिला समेत हुन् । उनले अभिभावक नभएका बालबालिकालाई सहारा दिँदै आएकी हुन् । बाल्यकालकी साथी गीता बस्नेतसँग मिलेर बालबालिकाको हेरचाहका लागि काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था नन्दाले चलाउदै आएकी छन । संस्थाले अनाथ असहाय बालबालिकाको हेरचाह, पढाई र अन्य सबै जिम्मेवारी पुरा गर्दै आएको छ । बूढानीलकण्ठ नगरपालिकाको बालुवाखानीको एक घरको छिँडीमा चार कोठा भाडमा लिएर नन्दाले गरेको काम सामान्य मानिसले गर्नेभन्दा ठूलो छ ।