फेसबुकमा माया बसेको प्रेमिको एउटा खुट्टा छैन भन्ने थाहा पाएपछी झन माया लाग्यो अनि घर छोडेर विवाह गरे (भिडियो सहित)

फेसबुकमा माया बसेको प्रेमिको एउटा खुट्टा छैन भन्ने थाहा पाएपछी झन माया लाग्यो अनि घर छोडेर विवाह गरे (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फेसवुकमा चिनजान भएका एक युवकसंग खोटागंकी युवतीको प्रेम बस्यो । उनीहरु लामो समय सामाजिक सञ्जालमा कुराकानी गरे । एक दिन युवतीले युवकलाई आफ्नो तस्बिर पठाउन भनिन् ।उनले तस्बिर पठाए । त्यसमा एउटा खुट्टा थिएन । युवतीले मजाक गरेको होला भन्ने ठानिन् । फेरी अर्को पठाउन भनिन् । त्यसमा पनि एउटा खुट्टा थिएन ।

उनले सोधिन् किन तपाईले एउटा खुट्टा लुकाएर फोटो पठाउनुहुन्छ ? त्यस पछि ति युवकले आफुले दिएको अन्तरवार्ताको भिडियो नै पठाइदिए ।जसमा आफ्नो खुट्टा नहुनुको कारण खुलाएका थिए भने जिवनको संघर्ष बताएका थिए । त्यो भिडियो हेरेपछि मात्र युवतीले विश्वास गरिन् आफुले मन पराएको युवकको खुट्टा नै छैन ।तर माया त मा:या नै हो । उनले आफुले जस्तो अवस्थामा ति युवकलाई मन पराएकी थिइन् त्यस्तै स्वीकार गरिन् । अहिले परिवारको मन्जुरी बिना उनले उनै युवकसंग विवाह गरेकी छन् । भिडियो सहित