फेसबुकमा भेटेको महिलाले क्यानडा पठाई दिन्छु भन्दै पुरुषबाट लाखौ ठगी

फेसबुकमा भेटेको महिलाले क्यानडा पठाई दिन्छु भन्दै पुरुषबाट लाखौ ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सामाजिक संजाल फेसबुक मार्फत चिनजान भएका व्यक्तिबाट एक व्यक्ति ठगिएका छन । काठमाडौँको मनमैजु बस्ने खिन्त बिर सारु फेसबुकमा भेटिएका अर्घाखाँची तिलगंगा वडा नं. १ तल्लोटोल बस्ने रेनुका सारु लगायतको समूहबाट लाखौ रुपैया ठगिएका हुन ।

खिन्त बिरलाई क्यानाडा पठाईदिने भन्दै नक्कली प्लेन टिकट समेत देखाई १४ लाख रुपैया ठगेको खुलेको छ । पैसा लिएपछि एकाएक उनि सम्पर्क विहिन भएपछि पिडितले प्रहरीमा जाहेरी दिएका थिए । पिडितको जाहेरीको आधारमा अ नुसन्धान गर्दा काठमाडौँको सुन्धाराबाट मुख्य योजनाकार शेख सम्सुर आलोन र रेनुका सारु पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । पक्राउ परेका मुख्य योजनाकार शेख सम्सुर आलोन भारत पश्चिम बंगाल कलकत्ता बर्दमानका वासिन्दा हुन् ।

उनीहरुको समूहले अन्य तिन जना व्यक्तिहरुबाट समेत १२ लाखको दरले रकम उठाई ठगी गरेको भन्ने खुलेको छ । उनीहरुबाट यदि कोही ठगीमा परेको छ भने प्रहरीको संम्पर्कमा आउन पनि महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ ।