चर्चित कार्यक्रम इन्द्रेणीका संचालक तथा गायक कृष्ण कंडेल र गायिका टिका सानु बीच कार्यक्रम कै बीच भएको केहि विवादको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
कार्यक्रमको दौरान टिका सानुले इन्द्रेणी कार्यक्रम यहाँ आउन अगाडी नहेरेको बताएकी थिइन । त्यति मात्र हैन टिकाले कलाकारले गर्दा इन्द्रेणी चलेको पनि हैन र इन्द्रेणीले गर्दा कलाकार चलेको पनि हैन भन्दै इन्द्रेणी कै मंचलाई अपमान गरेकी थिइन। त्यसपछि संचालक कृष्ण कंडेलले उनलाई सम्झाएका थिए । जुन भिडियो निक्कै भाइरल बनेको थियो ।
उक्त भिडियो सामाजिक संजालमा भाइरल बनेपछि गायिका टिका सानुलाई धेरैले गाली गरिरहेका छन । दर्शक श्रोताको गालीको वर्षा भएसंगै स्वयम् टिका सानु कृष्ण कंडेललाई लिएर फेसबुक लाइभमा आएकी छन । उनले फेसबुकबाट विवादबारे स्पष्ट पार्न खोजेकी छन । त्यस्तै उनले फेसबुकमै एक स्टाटसलेखेर यस बारे स्पष्टिकरण समेत दिएकी छन ।
टिका सानु लेख्छिन – ” सबैमा नमस्कार। नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। कार्यक्रम इन्द्रेणीसँग प्राय व्यक्तिहरु परिचित हुनुहुनु हुन्छ। यस कार्यक्रमको गरिमा, चर्चा, परिचर्चा, विश्वास र यस कार्यक्रमको अभियानका बारेमा जति प्रशंसा गरेपनि कम हुन्छ। म त्यहि कामगर्छु भन्दा झन् गर्व लाग्छ। पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियोको अंशलाई लिएर जुन चर्चा र मेरो आलोचना भइरहेको छ। यसमा मेरो ध्यानाकर्षण भएको छ।
उक्त भिडियोमा मैले बोलेका केही राम्रा कुराहरु थिए। बिडम्बना ति कुराहरु सबै आएको पाएको छैन। जुन कुरा भाइरल भएका छन्, ति कुराहरु प्रचार गर्न लायक छैनन्। तर, त्यो भिडियोमा सोझो रुपमा कार्यक्रमका बारेमा परिचित थिएन भन्दा घमण्ड कसरी हुन्छ ? कुनै पनि संस्था र त्यसमाआवद्ध कर्मचारीहरु एकअर्कामा परिपुरक हुन्छन भन्दा के बिराए ? मैले इन्द्रेणीको कार्यक्रमका क्रममा शहरदेखि गाउँवस्तिका भिरपाखा धाएकी छु। २०औं जोर जुत्ता चप्पल फटाएकी छु। केही पाएकी छु, केही गुमाएकी छु। जुन प्रक्रिया चलिरहने प्रक्रिया पनि हो।
मलाई आजको दिनसम्म ल्याउनुमा इन्द्रेणी कार्यक्रमले कुनै योगदान दिएको छैन भनेर कही भनेकी छु र ? कलाकार र संस्थाबीचको संम्बन्ध परिपुरक हुन्छ भन्नु गलत हो ? खैर इन्द्रेणी कार्यक्रमका सन्चालक आदरणीय दाजु कृष्णप्रसाद कँडेल ज्यु यतिखेर पुर्व इलाममा हुनुहुन्छ। उहाँ काठमाडौँ आउनासाथ यो विषयमा थप प्रष्ट पार्नेछौं। साथै अर्को कुरा पूराना भिडियो काटेर पोस्ट गरेर मेरो चरित्र हत्या गर्ने, तनाव दिने, जातिय रंग दलेर गालि गर्नेहरुलाई मेरो भन्नु केही छैन। सत्य बुझ्नलाई सचेतना चाहिन्छ। नोट: कृष्ण दाइ र मेरोबीचमा कुनै मतान्तर र मन मुटाव छैन।”
यस विषयमा चर्चित लोक गायक राजु परियारले आफ्नो बिचार राखेका छन :
विवादको कुरा सामाजिक संजालमा भाइरल भएपछि टिका सानु र कृष्ण कंडेल फेसबुक लाइभ आएर स्पष्टिकरण दिएका छन । भिडियो हेर्नुहोस :
विवाद यस्तो थियो :
०००
श्रीमती र भाईलाई ‘म मरे भने मेरो काजक्रियामा तिमी सामेल नहुनु’ भन्दै संसारबाट विदा भए कोरोना संक्रमणले थलिएका पुर्वसांसद कमानसिंह
एक हप्ता अगाडी श्रीमतीको नाममा सामाजिक संजालमा भाबुक स्टाटस लेखेका पूर्वसांसद तथा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको गएराति निधन भएको छ ।
कोरोना भाइरस संक्रमण भएका उनको काठमाडौँ शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । बिक्रम सम्बत २०४८ साल मै सांसद बनेका लामा कम्युनिष्ट नेताहरुमध्येमा दिग्गज मानिन्थे । उनि पछिल्लो पटक २०६४ सालमा पनि सांसद बनेका थिए ।
लामाको आज निधन भएपनि उनले करिब एक हप्ता अगाडी नै हिम्मत हार्दै आफ्नो पारिवारिक बिलौना सामाजिक संजाल मार्फत सार्बजनिक गरेका थिए । उनले आफ्नो श्रीमतीलाई सम्बोधन गर्दै निक्कै लामो पत्र लेखेका थिए । श्रीमतीलाई प्रिय सम्बोधन गरेका उनले पुरा पत्रमा गुनासो मात्र गरेका छन ।
लामाले श्रीमतिसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको भन्दै श्रीमती आफ्नो यस्तो अन्तिम घडीमा समेत हेर्न नआएको गुनासो गरेका छन । उनले जीवन मरणको लडाईको बेलासमेत साथमा नहुने श्रीमतीलाई श्रीमती भनिरहनु औचित्य नहुने समेत बताएका छन । ३० को बैबाहिक सम्बन्धमा ६/७ महिना ज्यादै दुखद रहेको लामाले खुलाएका छन ।
लामाले सामाजिक संजाल फेसबुकमा अन्तिम स्टाटस लेख्दै भनेका छन् – ‘यदि कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु ! यो मेरो बिन्ती !’
लामाको अन्तिम स्टाटस यस्तो छ :
”आमा नामनै कति मोहक शब्द “आमा ” मैले संसारमा सब भन्दा बढी मया गर्ने “आमा”
प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएं तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाड०गलमा फसेकोछ !!! तीमि यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन” छ्या कति कुरुप सिलावरको देक्ची कूचिैएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु !!
प्रिय, तिमीत उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे !!! वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिएं !!! ढोंगीहरुलेत हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार !!! जे होस तिम्रा जाल झेल खेती सप्रेकोनैछ साधा जीबन उच्च विचारका होर्दिड०बोर्ड बगैंचा घरका भित्तामा टांसेकाछौ त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हांडि घोप्टे जस्तो लाग्छ !!
ठमेलमा ५० हजार यु एस डलरको विटा भेट्टाएछ !!! सोह्रखुट्टे पार्टिको भित्तामा गाइको गोवरले डलर टांसेर झिली मिली बनाएछ !!! हांडिमा खिचडि बसाएर दूइ बुढाबुढि गीत गाएर नाचिबसेको खोजदै जाने प्रहरी र टुरिष्टले भेटेछ !!! यहि केशले हांडि घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो !!!
हाम्रा माहान पा . का माहान साधु सन्त नेताका यत्तिको नैतिक्ता र वीचार पनि मैले देखिन !!! थुई..क्क जाली फटाहा द्रव्य पिशाचहरु !!!
प्रीय मेरी प्रिय हाम्रो प्रेम बर्मुडा ट्य्राण्गलमा फस्यो प्रीय !!
१. मेरो DIGNITY स्वाभिमानको ट्य्राड०गल
२. चल अचल भौतिक सम्पती प्रतिको तिम्रो आसक्ती
३. हाम्रो वीचको सामाजीक सम्बन्ध , स्थापित मूल्य मान्यता र त्यसमा आएको परिबर्तनले ल्याएका अन्तर बिरोधहरु !!!
यो हो हाम्रो वीचको अहिलेको बर्मूडाको ट्य्राड०गल !!! याद गर प्रीय मैले तिमीलाई सबै कुरो सम्पती सम्म सुम्पें तर मेरो स्वाभिमान प्रति खेलवाड गर्ने छुट दिईएको छैन !!! धेरैले नबुझेका र तिमीले पनि नवुझेको कुरो यहि छ !!!
बरमुडा ट्य्राड०गल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन !!!
तर यसको बनावट भूमध्य रेखा काल्पनीक लाइन संगै भएको हो । जब प्रथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो !! हामी बसेको भू भाग गोण्डावना ल्याण्डसंगै दक्षिणी धुर्बमा टांसिएर बसेको थियो !!! त्यसबखत ठुला ठुला भौगोलिक उथल पुथल भइरहन्थे !!! एक्कास्सी गोण्डावना ल्याण्ड दक्षिणी धुर्बसंग छुट्टियो !!! ३ मिटर उत्तर सर्यो !!! प्रथ्वी बीचमा उसिनेको अण्डा वीचमा फ़ुटाएको जस्तो फुट्यो !!
प्रथ्वी दुइ भागमा बांडियो !! उत्तरी गोलार्द पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड !!! यहि घटनामा भूमध्य रेखिय क्षत्रमा बर्मुडा ट्रयाड०गल बन्यो !!! त्यो आजपर्यन्त अभेद्य छ !!!
त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाड०गलमा फसेका छौं !!!
प्रीय , तिमीले कुरा नबुझ्दा र तिमीले जानी जानी धोका दिंदा मेरा केही सपनाहरु अधुरानै रहने भए !!! राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडि पुर्याइ हाले !!! के कुरा गर्ने !!! तिमी मदुइ मिली यो प्रथ्वी फनक्क एक फन्को लगाउने. विस्वका आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने !!!
माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने !!! गोन्जालोको देश हेर्ने !!! माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएं ! त्यो तिमीले भांडी दियौ !!! मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेवाट रस्वास्वदन हमीदुइ साथै गर्ने सपना अधुरै रहने भयो !!!
ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने !!! उलान बटोर र ऐतिहासीक गोवि मरुभूमीमा उंट चढने सपना अधुरै रहने भयो !!! मानव विकासक्रमको २૪ लाख बर्षको ईतिहासमा सिन्थोपस प्रक्रितीको जीवाष्मका मूलका मानिसहरू ड्रागन पाहाड भिरालोका मानिसहरु पेकिड०म्यान, लान्तीयान म्यान , वुसानम्यान ले गरेका उपलब्धी र आदीबारे अलि शुक्ष्म अध्यन गरी हाम्रो ठुंसाका बारे भौतिक रूपमै उपस्थित भएर अध्य यन गर्ने !!!
दोड० सिड०दान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समुह र मंगोल मूलका पुर्खाहरुले एक ठुलो नदीको धार परिबर्तन गरि अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आस्चर्य चकित हुने हाम्रा प्राग कालिन पुर्खाको पौरख र शीप विज्ञान प्रविधि संगै पढने ईच्छा अधुरै रहने भयो !!!
हाम्रो सास्त्रले भनेको वुइसाड०, उर्गेन ह्युल, अब आउने बसन्त रितुमा अध्यनभ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्०यो !!! प्रीय म कोरोनाले लिएर जानको लागी सबै योग्यता पुगेको मान्छे म अरुले भने म्रित्यु शैयाबाट भन्थे होला तर म भन्दिन !!! कोबिटसंग पैंठे जोडि खेल्दैछु !!! सायद म बाच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि !!! तर म आत्तिन्न !!!
यो अन्तीम घडिमा पनि मेरो धन मेरो लागी काम लाग्दैन भने त्यो धनको के काम !!! आफ्नो पाउनु पर्नेत यो हालतमा दिंदैन भने मेरो निम्ती कहिलेलाई चाहियो ? यो जीवनको जीवन मरणको लडाईको वेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरि खान मनग्य गरि दिएकोछु !!! बांकी जीवन मोजगर !!! मैले पुरा गर्म नसकेको अधुरा काम अरुसंगै पुरा गर !!! आठै आस्वर्य हेर्ने घुम्ने भोक मैलेनै जगाइ सकेकोछु तिमीलाई सक्षम पनि छौ !!! लौ बधाई प्रीय
२८/३० बर्ष तिमी साथै यो ६/७ महिना बाहेक ज्यादै शुखदनै रह्यो !!! यो ६/७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विस्वास घात पाएं !!! मेरो सेयरको करीब दूइ बर्षको सांवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो !!! उस्ले पैसा नदिए सिधै म संग मिल्न आइज हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने !!!
प्रीय यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रो बीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने !!! सम्बन्ध छ भनि रहनु को औचित्यै के रह्यो र प्रीय !!! कुनै माध्यमले काम नगरे पछि बडो सरमका साथ यो मिडिया अपनाएं माफगर प्रीय !!! यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!
०००
प्रिती आले भन्दा खतरा युवती भेटिईन काठमाडौँमा, सबै अंगमा यस्ता खतरनाक ट्याटु (भिडियो)
प्रिती आले जो पछिल्लो समय लोकदोहोरी क्षेत्रकै एक चर्चित नाम बन्न पुगेको छ । बेली डान्सरबाट करियर सुरुवात गरेकी प्रिती अहिले लोक क्षेत्रकै एकदमै चर्चित अनुहार बनेको छ । उनी बिशेषगरि दुबै क्षेत्रमा गायन र मोडलिङमा उतिकै फिट छिन भन्दा पनि फरक पर्दैन । जस्ले गर्दा स्टेज र सबैको रोजाईमा अगाडिनै पर्छिन, र पछिल्लो समय उनको लुक्स र गेटअपले त एक प्रकारको तरङ्गनै ल्याएको छ । उनलाई आत्मसात गर्दै पोखराकी एकजना युवती अहिले भाईरल छिन, ठयाक्कै प्रितीको जस्तो अनुहारको लुक्स र गेटअप भएकी युवतीको नाम हो प्रेस्ना गुरुङ जस्को घर पोखरा हो । अहिले उनी काठमाडौ गोंगबुमा आफनै ब्युटीपार्लर चलाएर बसेकी छिन र सम्भबत शरीरको सबै अंमा टयाटु पनि खोपेकी छिन ।
शरीरको अंगहरु जस्तै छाती, घाटी, कम्मर, हात, नाइटो, खुट्टा लगायत ढाडमा पनि उनको बडामानका ठूला ठूला टयाटु छन । जस्ले गर्दा उनको अनुहारको लुक्समा पनि अर्कै खाले देखिन्छ । यि युवती मोडलिङमा पनि उतिकै सक्रिय छिन, करिब ४० ओटा जति गितमा मोडलिङ गरिसकेकी छिन र टिकटकमा पनि हजारौ चाहनेवाला या भनौ फलोवर्स छन यिनका । हेरौ प्रिती आले भन्दा खतरा युवतीको अंगका टयाटु र उनको यो रोचक भिडियो ।
प्रतिक्रिया